डा. निलम तिम्सिना बनिन नेपालको पहिलो महिला डेपुटी गभर्नर


काठमाडौं, डा. निलम ढुंगाना तिम्सिना नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो डेपुटी गभर्नर बनेकी हुन् ।

राष्ट्र बैंकमा हालसम्म कोही पनि महिला डेपुटी गभर्नर भएका थिएनन् । राष्ट्र बैंकको डेपुटी गभर्नर बन्दै डा. तिम्सिनाले नेपाली बैंकिङ इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

व्यवस्थापन तथा वित्त क्षेत्रमा दख्खल राख्ने उनले बैंकिङ सिस्टममा विद्यावारिधी समेत गरेकी छन् ।

उनी राष्ट्र बैंकमा हाल एकमात्र महिला कार्यकारी निर्देशक समेत हुन् । २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी उनी २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन् ।

हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन् । सोअघि उनी आन्तरिक लेखा परिक्षणमा थिइन् । झापा स्थायी घर भएकी तिम्सिना बरियताको सुचीमा तेस्रो नम्बरको कार्यकारी निर्देशक पर्छन् ।

यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले बमबहादुर मिश्रलाई समेत राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उनीहरु दुवै जनाको नाम डेपुटीका लागि सिफारिस गरेका थिए । मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *