पार्टी एकताको प्रयास जारी रहने : नेपाल


काठमाडौं, दाहाल–नेपाल समूहका नेता माधव कुमार नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग भएपनि आफूहरुबीचको सहकार्य जारी रहने बताएका छन्।

पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले अलग भएपनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका हुन्।

नेपालले भने,‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भएपनि हाम्रो मन विशाल छ। अनौपचारिक छलफल भइराख्छ। सहकार्य जारी रहन्छ।’

उनले सर्वोच्चको फैसला अनुसार जानै पर्ने भएको बताउँदै पार्टी एकताको प्रयास जारी राख्ने बताए।

सर्वोच्चको आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको नेता नेपालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *