ओली समूहद्वरा सभामुख सापकोटामाथि अविश्वास प्रस्तावको तयारी


काठमाडौँ । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै संकटमा आएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षको नेकपाले सभामुखको भूमिकामा आशंका व्यक्त गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठकको पूर्वसन्ध्यामा शनिबार राति ओली पक्षले रणनीतिक छलफल गरेका थिए। सो छलफलमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै उनीविरुद्घ अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भएको बताइएको छ। सर्वोच्चको आदेश अनुसार आज संसदको बैठक दिउँसो ४ बजे बस्दैछ।

बालुवाटारमा राति बसेको ओली पक्षको बैठकले सभामुखले जबरजस्ती गरे आफूहरू चुप लागेर नबस्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *