प्रतिनिधि सभा बैठक : नेकपाका सबै सांसद सत्तापक्षकै लाइनमा


काठमाडौं । अनौपचारीक रुपमा विभाजन भएपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला नगरेर एकै पार्टीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई संसद बैठकमा सत्तापक्षकै बेन्चमा राखिने भएको छ।

नेकपा दुई चिरामा विभाजित भए पनि संसदमा भने प्रचण्ड–नेपाल र ओली पक्षका सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने भएको हो।

संसद सचिवालयका प्रवक्ता डां. रोजनाथ पाण्डेका अनुसार कानुनी रूपमा दल विभाजन नभइसकेका कारण सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नेछन्।

‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री) छुट्याइएको हुन्छ। नेकपाका सबै सांसद सत्तापक्षको बेन्चमा बस्नुहुन्छ’ डा. पाण्डेले जानकारी दिए। दल विवादका कारण फरक–फरक ठाउँमा बस्ने भन्ने नहुने र बस्ने ठाउँमा कुनै समस्या नहुने उहाँको भनाइ छ।

राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरिएको बताउँदै उनले भने, ‘राष्ट्रिय सभाको बैठकमा पनि नेकपाका सबै सांसदलाई सत्तापक्षकै लाइनमा राखिएको थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *