आफूहरू वैधानिक नेकपा भएको प्रचण्डको दाबी


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वैधानिक नेकपा भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह) का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको दाबी उनले गरेका हुन्।

विप्लव समूह संघर्ष छोडेर शान्तिपूर्ण बाटोमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले आफूले विप्लव समूह शान्तिपूर्ण बाटोमा आउने पहिल्यै भनेको बताए। उनले आफू विप्लव समूहलाई पार्टीमा स्वागत गर्न आतुर रहेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *