विस्फोटमा परी पाकिस्तानमा पाँच सर्वसाधणको मृत्यु


काठमाडौँ। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्।

बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन्। विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन्।

उनीहरू यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो। सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो। उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *