वार्षिक रक्षा बजेटका लागि चीनमा झण्डै २४ लाख करोड रुपैयाँ निकासा


काठमाडौं। चीनमा शुक्रबारदेखि वार्षिक संसद बैठक बस्न सुरु गरेको छ। यो बैठक एक हप्तासम्म चल्ने समाचारमा जनाइएको छ।

संसद बैठकमा सहभागी हुन देशभरबाट ५ हजार सांसदहरु उपस्थित भएका छन्। बैठकमा चीनले अमेरिका तथा भारतसँग भएको गतिरोधसहित विभिन्न मुद्दामा छलफल गर्ने जनाइएको छ।

चीनले यस बैठकबाट सन् २०२१ का लागि आफ्नो रक्षा बजेटमा विश्वले अनुमान गरेको भन्दा ठूलो हिस्सा वृद्धि गरेको छ। गत वर्ष २३.३६ लाख करोड रुपैयाँ रक्षा बजेटका लागि विनियोजन गरेको चीनले यस वर्षका लागि २४.४१६ लाख करोड रुपैयाँ निकासा गर्ने भएको छ। योसँगै चीनले लगातार ६ औँपटक आफ्नो रक्षा बजेट वृद्धि गरेको छ।

आफ्नो रक्षा बजेट वृद्धिलाई लिएर चीनको सत्तारुढ दल नेशनल पिपुल्स कांग्रेस एनपिसी का प्रवक्ता झांग येसुईले भने, ‘बजेट राष्ट्रिय सुरक्षालाई बलियो बनाउनका लागि बढाइएको हो, हामीले कुनै देशलाई निशाना बनाउन खोजेको हैन।

कोरोना भाइरस उत्पत्ति भएको चीनमा विश्वभर लकडाउन हुँदा समेत आफ्ना आर्थिक वृद्धि ६ प्रतिशतले बढाउन सफल भएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *