ओलीलाई दलको नेताबाट हटाउन प्रचण्ड–माधव पक्षलाई बहुमत नपुग्ने


काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को संसदीय दलको नेताबाट पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई हटाउन प्रचण्ड–माधव पक्षमा बहुमत नपुग्ने भएको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दलको नेताबाट हटाइसकेको छ।

प्रचण्ड–माधव पक्षका प्रतिनिधिसभा सदस्य देव गुरुङले ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेकाले छलफल गरेर मात्रै अगाडि बढ्ने बताए। उनले भने, ‘ओलीलाई दलको नेता मान्ने वा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गरेपछि मात्रै थाहा हुन्छ, यसबारे अहिले बोल्न मिल्दैन।’

यस्तै, पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रचण्ड–माधव पक्षका प्रतिनिधिसभा सदस्य रेखा शर्माले ओलीलाई संसदीय दलको नेताबाट हटाए पनि बहुमत नपुग्ने भए कानुनी रुपमा जानु पर्ने बताएकी छन्। उनले ओलीलाई संसदीय दलको नेताबाट हटाउँदा बहुमत पूरा भएको बताउँदै अहिले पनि पुग्ने विश्वास व्यक्त गरिन्। नपुग्ने कुरै नहुने बताइन्।

‘ओलीलाई संसदीय दलको नेताबाट हटाउन बहुमत पुग्छ भन्ने छ, योभन्दा पहिले हटाउँदा पुगेकै थियो,’ प्रतिनिधि सभा सदस्य शर्माले भनिन्, ‘अहिले आएर पुगेन भने कानुनले के भन्छ त्यहीअनुसार अगाडि जानु पर्ने हुन्छ।’

प्रचण्ड–माधव पक्षमा ओलीलाई संसदीय दलको नेताबाट हटाउन बहुमत नपुगे आगामी २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा ओली नै संसदीय दलको नेताको हैसियतमा हुने छन्। यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरेको थियो।

यस्तै, बुधबार पार्टीको कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समितिको बैठकले सुवासचन्द्र नेम्वाङ उपनेताबाट हटाइसकेको छ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित हुँदै आएको छ। एउटा समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन्। फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपा विवाद थप चर्किँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *