नेकपा प्रचण्ड पक्षको बैठकको निष्कर्ष


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपाको० प्रचण्ड(माधव नेपाल समूहले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केही नेताहरूलाई कारबाही गरेको छ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले गरेको कारबाहीमा पार्टीका संसदीय दलका उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई हटाएको छ भने स्थायी कमिटी सदस्यबाट समेत ६ महिनाको लागि निष्कासन गरेको छ। त्यस्तै, सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरू महेश बस्नेत, र संसदीय दलकी सचेतक शान्ता चौधरी, केन्द्रीय कमिटीबाट निष्कासित गरेको स्थायी कमिटी सदस्य भिम रावलले बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, मन्त्री प्रभु साह, कर्णबहादुर थापा पनि केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाको लागि निष्काषन गरिएको छ। यसअघि नै यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो। यस्तै, केपी ओलीले गत पुस ५ गते गरेको संसद विघटनमाथि सर्वोच्च अदालतले गरेको फैसलाको बैठकले स्वागत गरेको छ।

यसैगरी, आज बसेको केन्द्रीय कमिटीको बैठकले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तुरुन्त राजीनामा दिन निर्देशन दिएको रावलले बताए। आफ्नो पक्षमा बहुमत हुँदाहुँदै पनि निर्णय नगरेकोमा निर्वाचन आयोगप्रति खेद प्रकट गर्दै उनले भने, ुढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो।ु

बैठकले समसामयिक राजनैतिक परिस्थिति, पार्टी आधिकारिकता, संसदीय दलको कामकारबाही, प्रधानमन्त्रीविरुद्घ अविश्वास प्रस्ताव दर्ताजस्ता विषयहरूमाथि छलफल एवं निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *