‘बी’ डिभिजन लिग विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी


काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गर्नुभएको थियो । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । उहाँलाई खेललाई २–० को अवस्थामा पु¥याउनुभयो । यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गर्नुभयो । खेलको इन्जुरी समयमा उहाँले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४–० गोल अन्तरले विजयी दिलाउनुभयो ।

जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने उ लिगको नवौँ स्थानमा छ । लिगमा आजै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम ९आरसिटी०ले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *