सत्ता समीकरणको कसरत: प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल


काठमाडौं । नेकपाको प्रचण्ड(माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो ।
नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड(नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड(माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *