८०० ले बढ्यो सुन, आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार


काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला ८८ हजार २ सय र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *