नालायक गृहमन्त्री बादलले तत्काल राजीनामा दिनुपर्छ -अष्टलक्ष्मि शाक्य


काठमाडौँ । सबै किसिमका प्रतिगमनका विरुद्घ प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ अनेमसंघ) केन्द्रीय कमिटीले आज विराेध र्याली एवं कोणसभाको आयोजना गरेकाे छ।

वसन्तपुरमा आयोजित काेणसभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मि शाक्यले भनिन्, ‘ प्रतिगमनकाे विरुद्घमा हामी सडकमा छाैँ। केपी ओलीले आज निरंकुश बनेर लाेकतन्त्रमाथि धावा बाेलेकाे छ। तर, जित लोकतन्त्रकै हुन्छ। अबकाे केहीदिनभित्रै अदालतबाट संसद पुनःस्थापना हुनेछ।’

नेत्री शाक्यले बलात्कारको प्रसंगलाई सम्बोधन गर्दै भनिन्, ‘वर्तमान गृहमन्त्री बादल त्यहाँ रहुञ्जेल बलात्कारीलाई कारबाही हुँदैन। उनको उपस्थितिमा सरकार दण्डहीतनातिर गइरहेको छ। नालायक गृहमन्त्री बादललाई तत्काल राजीनामा दिन म आग्रह गर्दछु।’

शान्तिवाटिकामा भेला भई भृकुटीमण्डप, भद्रकाली, न्यूराेड हुँदै वसन्तपुरमा पुगेर विरोध र्यालि कोणसभामा परिणत भएकाे हो। र्यालीकाे नेतृत्व नेत्री अष्टलक्ष्मि शाक्य, शशी श्रेष्ठ र अमृता थापा मगरले गरेका हुन्। र्यालीमा सहभागीहरूले ‘प्रतिगमन मुर्दावाद’, ‘महिला हिसां अन्त्य गर’, ‘संविधानकाे रक्षा गर’ लगायतकाे प्लेकार्ड बोकेका थिए भने टाउकाेमा कालाेपट्टी बाँधेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *