चेतावनी दिने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन – विश्वप्रकाश


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको मन्तव्य पदीय गरिमा विपरीत भएको टिप्पणी गरेका छन्।

हिजो आफ्नो सामाजिक संञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले अदालतमा दबाब परोस् भन्दै चर्को दबाबको अभिव्यक्ति विराटनगरको सभामा राखेको आरोप लगाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ुन्यायालयको फैसला स्वीकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।ु हिजो नेकपा ओली पक्षद्वारा विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले भनेका थिए, ुसम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले कसैको दबाबमा, कुनै अवाञ्छित, दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन। म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौँ। चुनावमा जाँदै छौँ। अब अस्थिरतातर्फ मुलुकलाई फर्कन दिने होइन। फर्काउने होइन। सम्मानित सर्वोच्च अदालतले देशभरि भइरहेका यस्ता सभाहरूलाई हेरेको होला। यस्ता सभाबाट प्रकट भएको जनताको अभिमत हेरेको होला।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *