१० लाख डोज खोप आज नेपाल आउँदै


काठमाडौं। कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’को १० लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा= समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट साढे १ बजेको एयर इण्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आइपुग्ने जानकारी दिए।

उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउने भएको हो। यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो।

अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ। उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *