नेपाल शिक्षक संघ धनगढीको तेस्रो नगर प्रतिनिधिसभा सम्पन्न


धनगढी । नेपाल शिक्षक संघ धनगढी उप(महानगरपालिका कार्य समितिको तेस्रो नगर प्रतिनिधिसभा एक समारोहका बिच धनगढीमा सम्पन्न भएको छ।

समारोहमा निजीश्रोत शिक्षक पूर्ण ब. थापाले निजी श्रोत शिक्षकहरू सबै सामुदायिक विद्यालयहरूमा कार्यरत छन्। तर अत्यन्त न्यून पारिश्रमिकमा शिक्षण गरिरहेका छन् उहीँ तहमा अध्ययन गर्दा पनि पारिश्रमिकमा विभेद रहेकोले पारिश्रमिकमा विभेदमा गरिनु हुदैन् भने। धनगढी उप(महा नगरपालिकाले ल्याउन लागेको नगर शिक्षक कार्यक्रम शिघ्र कार्यान्वयनको लागि सशक्त पहल गरिदिन नेपाल शिक्षक संघका सबै तहाहरुलाई अनुरोध गरे। त्यस्तै नगर समितिका उपाध्यक्ष मोहन भण्डारीले सरकारले शिक्षकहरुका बिचको खाडल हटाउनुपर्ने शिक्षकहरू बिचको विभेद समाप्त गर्नुपर्ने र शिक्षकहरुको मनोवल घटाएर शिक्षाको गुणस्तर बढाउन नसकिने भने। त्यस्तै बाल बिकास शिक्षिका बागेश्वरी बिनाडीले पनि बाल बिकास शिक्षिकाहरुबाट काम मात्र लिने र न्युनतम पारिश्रमिक नदिएर शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको भने।

त्यस्तै आदर्श शिक्षक बचत तथ ऋण सहकारी संस्थाका अध्यक्ष तिर्थराज पाण्डेयले शिक्षक सहकारीलाई प्रगती तिर उन्मुख गराउने र सहकारीको अर्को साधारण सभामा शेयर होल्डर ज्यूहरुलाई बोनस उपलब्ध गराउने प्रण गरे। शिक्षक आन्दोलन कै कारण आज हामी शिक्षकहरू सुविधाहरु प्राप्त गर्न सफल भएका छौं। त्यस्तै सुबिधा निजीश्रोत, राहत बाल बिकास शिक्षकका लागि उपलब्ध गराउन आन्दोलनको आवश्यकता भएको भने।

सभामा आर्थिक प्रतिवेदन अर्थ सचिव गोविन्द जोशीले प्रस्तुत गरे। त्यस्तै सांगठनिक प्रतिवेदन सचिब हरिश चन्दले प्रस्तुत गरे।

नेपाली लेखक संघ कैलालीका अध्यक्ष गणेश नेपालीले संगठन भित्र सहिष्णुतालाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक भावनाको श्रीवृद्धी गरेर शिक्षकका समस्याहरू समाधान गर्न सकिने बताए। नेपाल शिक्षक संघका अर्थ सचिव जयप्रकाश मिश्रले जनप्रतिनिधिहरुले शिक्षकका समस्या प्रति गम्भीर भएर समाधान गरे भने शैक्षिक वातावरण राज्यले लिएको उद्देश्य अनुसार हुने भने।

नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिम बहादुर बलायरले नेपाल शिक्षक संघ कैलालीले अवगत गराएका शैक्षिक समस्या समाधान गराउन जिल्ला देखि केन्द्र सम्म पहल गरिरहेको बताए। त्यस्तै शिक्षकका असमान अवस्थालाई समाधान गर्न महासंघ शिक्षकहरुको साथमा रहेको भने।

नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष भुपाल सिंह खड्काले शिक्षा समिती सदस्यको जिम्मेवारी ग्रहण गरेपछी विद्यालयहरुमा दरवन्दी मिलानले त्रासको वातावरण आएको ले शिक्षा समितीले विद्यालयका शिक्षक र विद्यार्थी अनुपात अनुसार अध्ययन गरेर न्यायिक कार्य गरेको बताए। नेपाल शिक्षक संघले सशक्त आन्दोलन गरेकोले अस्थाई शिक्षकहरु स्थाई भएका हुन सकेकालाई सेवा सुविधा दिएर अवकाश दिएको भने।

नेपाल ट्रेड युनियन काग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र ब। शाहले बाल विकास शिक्षिका र निजीस्रोत शिक्षक प्रती राज्री र विद्यालायहरुको भुमिका उपेक्षापूर्ण भएकोले संघ उहाहरुको समस्या समाधान गर्न प्रतिबद्ध छ। दवाव र आन्दोलन बिना यी समस्या समाधान गर्न सम्भव छैन् । संघ ले आन्दोलन र बहस छलफल एकै साथ गरिर्हेको भने।

संघका प्रदेश उपमहासचिव प्रेम ब। शाहीले विद्यालय कर्मचारीहरु सरकारको उपेक्षाको सिकार भैरहेकाले निजामती कर्मचारी सरह हुनुपर्ने भन्दै देश संघीयतामा गैसकेपछी शिक्षक संघको सांगठनिक ढाचा पनि सघीय प्रणालीमा गैसकेकोले पहिले भन्दा अहिले संगठन निर्माण चुनौतिपूर्ण भएकोले सदस्यता नविकरण र बिस्तार तथा योजना सुव्यवस्थित नभए सम्म शिक्षकका पेशागत सुरक्षा प्रत्याभुत हुन नसक्ने बताए।

संघका प्रदेश महासचिब डिल्लीराज पन्तले संगठनलाई सशक्त बनाउन प्रजातान्त्रिक आचरण र संस्कारको विकास हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा आफू कार्यरत विद्यालयमा दिन शिक्षक संघका साथीहरु उदाहरणीय बन्न सक्नुपर्ने भन्नुभयो। निजिस्रोत शिक्षकका लागि नगर शिक्षक योजना ध. उ. म. न. पा.ले गर्नुपर्ने भने।

संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्टले कोभिड महाव्याधिको बेला निजीस्रोत शिक्षकप्रति विद्यालय राज्य गैरजिम्मेवार देखिए। शिक्षक संघले देश भरीका स्थानीय समितिहरूलाइ कृयाशिल गराएर यो समस्यालाई बहसमा ल्याएर साथीहरुको पिडालाई आत्मसाथ गर्यौं। वर्तमानमा देखिएका सबै समस्या समाधान गर्न नेपाल शिक्षक संघ संघर्षरत छ। यसका लागि वार्ता टोली समेत बनाईसकेको भने। चौंध पन्द्र बर्ष सम्म बढुवा नभएका साथीहरुलाई बढुवा गराउन नेपाल शिक्षक संघ लागीपरेको बताए।

समारोहका प्रमुख अतिथी नगरप्रमुख नृप बहादुर वडले नेपाल शिक्षक संघका साथीहरुले शैक्षिक गुणस्तर वृद्धि गराउन अहम भूमिका खेलिरहेको भने। पार्टीका शुभेच्छुक तथा भातृसंस्थाहरु पार्टीका मेरुदण्ड हुन। आफू नगरप्रमुख भएपछी विद्यालयलाई भौतिक रुपमा सक्षम बनाउन देशभरीमा धनगढी उप महानगरपालिकाले सबभन्दा बढी काम गरेको छ। सैतिस विद्यालय भवन निर्माण, शौचालय, पर्खाल र आईसीटी कक्षा संचालन गर्न श्रोत साधन उपलब्ध गराएका छौं।

नगर अध्यक्ष नवराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिब हरिश चन्द र स्वागत अर्थ सचिव मन्तव्य गोविन्द जोशीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *