जीवन बीमा कम्पनीहरुको मार्केट ग्रोथः टप वानमा सुर्या लाइफ


काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सुर्या लाइफ इस्योरेन्स कम्पनीको कारोबारमा निकै सुधार आएको देखिएको छ ।

यस कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ प्रिमियम ९बीमा शुल्क० संकलन गरेको छ । पुस महिनामा मात्रै कम्पनीले ५५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै,यस अवधीमा कम्पनीको कारोबार बिस्तार तीव्र रुपमा भएको देखिन्छ ।

चालू आर्थिक वर्षको पस मसान्तसम्ममा सूर्या लाइफको मार्केट ग्रोथ ३१४ प्रतिशतले बिस्तार भएको छ । अन्य जीवन बीमा कम्पनीको तुलनामा यस कम्पनीको कारोबार बिस्तार सबैभन्दा बढी हो । पुस महिनामा मात्रै कम्पनीको मार्केट ग्रोथ रेट १८९ प्रतिशत छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २८ करोड रुपैयाा प्रिमियम संकलन गरेको थियो । यस अवधीमा कम्पनीको मार्केट शेयर ३.१० प्रतिशत थियो । पुस मासान्तसम्म आइपुग्दा मार्केट शेयर बढेर ५.५१ प्रतिशत पुगेको छ । पहिलो त्रैसमासको तुलनामा पस मसान्तसम्ममा २.४१ प्रतिशत मार्केट शेयर वृद्धि भएको देखिन्छ ।

मार्केट ग्रोथका आधारमा सूर्या लाइफपछि सिटिजन्स लाइफ,प्रभु लाइफ,ज्योति लाइफ,महालक्ष्मी,रिलायबल,एसियन लाइफ,सानिमा लगायतका कम्पनीहरु अग्र स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *