आइएमई लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न


काठमाडौं । आइएमई लाइफको सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम सोमबार ९पुस १३० गते विर्तामोडको सिटिसेन्टरमा आयोजना गरेको थियो । कम्पनीका सिईओ कवि फुँयाल, कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल र सहायक प्रदेश प्रमुख मिलन दाहालको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर, उत्कृष्ट टिम बिजनेस, एमडिआरटी हासील गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सेल्स कोड तर्फ प्रथम हुनुभएकी मिना गुरुङ श्रेष्ठ, दास्रो भएका टिका राम पाठक र तेस्रो भएका टिका लिम्बुलाई सम्मान गरिएको थियो ।त्यस्तै, टिम विजनेस तर्फ प्रथम भएका हरी खनाल, दास्रो भएका हरी लम्साल र तेस्रो भएका नरेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।

त्यस्तै, कम्पनीको इतिहासमा पहिलो डब्बल एमडिआरटी हासील गर्न सफल भएकी मिना गुरुङ श्रेष्ठ र १५ दिनमा एमडिआरटी हासील गर्न सफल भएका यम कुमार राई र मिन बहादुर तामाङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *