केहि दिन भित्रै दत्तु–थाप्ला सडक संचालनमा ल्याउछौ नगर प्रमुख भट्ट


दार्चुला । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले अबको केहि दिन भित्रै दत्तु थाप्ला सडक संचालनमा ल्याउने बताउनु भएको छ । शहरी स्वास्थ्य ईकाइ केन्द्र उद्घाटनमा नगरपालिकाको वडा नम्बर ९ थाप्ला पुग्नु भएका नगर प्रमुख भट्टले दत्तु देखी थाप्ला सम्म ट्रयाक खुलेको सडक संचालनमा ल्याई जनतालाई सवारी सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको हो ।
विकास विरोधीहरुले सडक संचालनमा कुनै अबरोध नपु¥याए १५ दिन भित्रमा ट्रयाक खुले सम्म गाडी गुडाउने थाप्लाका स्थानिय संग प्रतिबद्धता जनाउनु भएको बताइएको छ । सडक निर्माणको क्रममा केही विकास बिरोधी तत्वले विरोध गरेको भन्दै नगर प्रमुख भट्टले गाउँठाउँको विकास निर्माणमा कसैले पनि बिरोध र अबरोध गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
शिक्षाको क्षेत्रको विकासमा तल्लीन नगर प्रमुख भट्टले गडीभवन आधारभुत विद्यालय थाप्लामा आइसीटी कक्षको स्थापना, भवन मर्मत र शौचालय निर्माणका लागी आवश्यक बजेट विनियोजन गरी कार्य प्रारम्भ भएको त्याहाका स्थानियलाई जानकारी गराउनु भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र सडक निर्माणलाई विषेश प्राथमिकतामा राखेर नगरको विकास भईरहेको उहाले बताउनुभयो ।
थाप्लाका स्थानियलाई गाउँघरमै आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन शहरी स्वास्थ्य ईकाइ केन्द्रको समेत उद्घाटन गरिएको छ । केन्द्र मार्फत तत्काल अनमीले सेवा दिने छन्, भने अगामी दिनहरुमा अहेबले सेवा दिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *