महालक्ष्मी बैंक कुमारीपाटीमा कर्मचारीकै मिलेमतोमा यसरी भयो सात करोड ४२ लाख घोटाला


खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका(५ लगनखेल र देवानन्द राई ललितपुर(१४ विशाल चोक बस्छन्।
दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक(पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएको देखिएको छ।

सुन राख्दै कर्जा लिँदै गरेका दुवै अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। महालक्ष्मी बैंक केन्द्रीय कार्यालयले कर्जा घोटाला भएको भन्दै जाहेरी दिएपछि ब्युरोले अनुसन्धान थालेको हो।

यसक्रममा मंसिर २६ गते राईद्वय पक्राउ परेका हुन्। उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका छन्। उनी ललितपुर(१४ विशालचोककै हुन्।
ब्युरोका अनुसार राईद्वयले कुमारीपाटी शाखाबाट सात करोड ४१ लाख रूपैयाँ कर्जा लिएको देखिन्छ। उनीहरूसमेत गरेर ११ जना कामदारको नाममा कर्जा लिएको देखिएको छ। ती ११ जना कामदार ऋणी देखिएकाले ब्युरोको खोजीमा रहेको बताइएको छ।

यो बराबरको कर्जाको साँवा(ब्याज अहिलेसम्म बैंकमा भुक्तानी भएको देखिँदैन। ब्युरोका एक अनुसन्धान अधिकृतले सेतोपाटीसँग भने, ‘तर, साँवा(ब्याज भुक्तानी नभएको नेपाल राष्ट्र बैंकमा देखिएपछि सशंकित हुँदै आन्तरिक छानबिन गर्छ र धितो राखेको सुनबाट पनि सो कर्जा चुक्ता नहुने देखिएपछि हामीकहाँ अनुसन्धानका लागि लेखेर पठाउँछ।’

बैंकहरूको नियामक निकाय राष्ट्र बैंक हो। महालक्ष्मी बैंकको कर्जाबारे उसले सम्बन्धित बैंकलाई पनि सोधपुछ गरेको बुझिएको छ। तर, उक्त बैंकले कर्जा समस्या समाधान गर्न नसकेपछि बाध्य भएर राष्ट्र बैंकले बैकिङ कसुरमा अनुसन्धान गरिपाउँ भनी प्रहरीमा लेखेर पठाएको देखिएको ब्युरोका ती अधिकृतले बताए।

ती अनुसन्धान अधिकृतका अनुसार राईद्वयले कुमारीपाटी शाखामा पाँच हजार २२८ ग्राम सुन राखेको देखिन्छ। रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *