थप १ हजार ४४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सात हजार ४१४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ६३३ पुरुष र ४११ महिलामा संक्रमण देखिएको हो । परीक्षणको करिब १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५१४ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४०२, ललितपुरमा १३१ र भक्तपुरमा ३४ जना रहेका छन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ११ जनाको मृत्यु
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ६७४ पुगेको छ । काठमाडौं उपत्यकामामात्रै हालसम्म ६६३ जनाले ज्यान गुमाएका छन् ।

थप १,२७१ संक्रमणमुक्त
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार पछिल्लो २४ घन्टामा देशभर एक हजार २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ३२ हजार ८७२ पुगेको छ ।

हाल देशभर १२ हजार १४८ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर ३१० जनाको आईसीयूमा र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *