संखुवासभामा दुर्घटना, १ जनाकाे मृत्यु


संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

तुम्लिङटारबाट खाँदबारीतिर आउँदै गरेको को२त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको ना४५प २०७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका खाँदबारी–१, चाँदनीचोकका २५ वर्षीय दिवश राईको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए।

मोटरसाइकलमा सवार २७ वर्षीय मनोज सोनाम लिम्बुलाई मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

दुर्घटनापछि ट्याक्टरचालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *