देउवाले प्रधानमन्त्रीलाई टेलिफोन गर्नासाथ पक्राउ परेका कांग्रेस वरिष्ठ नेता पौडेल रिहा


काठमाडौं । प्रहरीले पक्राउ गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको हो । तनहुँमा भएको तनावका बिचमा प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वरिष्ठ नेता पौडेल रिहा भएपनि अन्य नेता कार्यकर्तालाई भने ६ बजेपछि मात्रै छाडिने भएको छ । तनहुँमा ६ बजेसम्म निषेधाज्ञा भएकाले त्यसपछि मात्रै रिहा गर्ने तयारी छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता पौडेलको तत्काल रिहाई नभए देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत टेलिफोनमार्फत पौडेलको रिहाईको माग गरेका थिए । सगरमाथा टिभी बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *