बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु, छ घाइते


बैतडी। बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । भने अन्य छ जना घाइते भएका छन् ।

झुलाघाटबाट बैतडी सदरमुकाम गोठलापानीतर्फबाट आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुड्डा नजिक आज दिउँसो १ बजे दुर्घटना भएको छ ।

दुर्घटना परेर कलावती चन्द, भगिरथ पाण्डे, पार्वती चन्द, पार्वती चन्द र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।

रबिन्द्र चन्द, प्रदिप लाबड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र परिचय खुल्न बाकी दुई जना गरी छ जना घाइते भएका छन् ।

जीप चालक फरार रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *