नेपाली लेगस्पिनर सन्दीप लामिछानेले विश्व चर्चित अस्ट्रेलियाको टी(२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग ९बिबिएल० मा नयाँ टिममा आबद्ध भएका छन् । मेलवर्न स्टार्सबाट दुई सिजन खेलेका लामिछानेले अबको सिजन होबर्ट हुरिकेन्सबाट खेल्ने भएका हुन् ।
होबर्ट हुरिकेन्सले बिहिबार लामिछानेसँग सम्झौता भएको घोषणा गरेको छ। यद्यपि सम्झौता रकम भने खुलाईएको छैन । टिमले विदेशी खेलाडीको रुपमा लामिछानेसँगै इंग्ल्यान्डका डविड मालन र वेस्ट इन्डिजका किमो पाउललाई पनि अनुबन्धित गरेको छ । त्यस्तै टिममा हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्ट लगायतका खेलाडीहरु रहेका छन् ।
यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । जसमा ३ विकेट लिएर ११ रन दिनु उनको बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन हो ।
आइपिएलको १३ सिजनको कुमाई पनि खेलमा प्लेइंग ११मा नपरेका सन्दीप त्यसअघि क्यारेबियन प्रिमियर लिगका ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए।