चिनियाँ कम्युनिस्ट पार्टीद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ।

भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड(१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्य लाभको कामना गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ।

साथै पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गर्नुभएको सम्बोधनको प्रशंसा पनि गरिएको छ।

भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गर्नुभएको पत्रमा उल्लेख गरिएको छ।

भट्टराई दम्पतीलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै जना अहिले आइसोलेसनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *