धनगढीमा कोरोनाका थप १ जना संक्रमितको मृत्यु


धनगढी । धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु भएको छ ।

डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो ।

निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *