गोली हानेर भाग्ने भारतीय नागरिकलाई प्रहरीले पक्रियो


वीरगन्ज । बाराको नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले गोली हानेर एक भारतीय युवकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको जिल्ला मोतिहारी पूर्वी चम्पारणको दुधीअवा गाउँ घर भएका २८ वर्षीय वृृजकिशोर कुशवाहा रहेका छन्।

बाराको कचोर्वा प्रहरी चौकीबाट बुधबार दिउँसो प्रहरी हवल्दार छोटेलालप्रसाद यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले कुशवाहालाई एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलस्थित सीमा क्षेत्रमा प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई देखेर नलकटुवा पेस्तोलबाट फायर गर्दै भागेका कुशवाहालाइ प्रहरीले पछयाउदै जाँदा उनले प्रहरीलाई लक्षित गरेर गोली चलाएका थिए ।

जवाफी कार्वाहीमा प्रहरीले पनि गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर ढलेका कुशवाहालाई प्रहरी हवल्दार यादवले नियन्त्रणमा लिएका थिए ।

कुशवाहाको बायाँ पाखुरामा गोली लागेको छ । घाइते कुश्वाहाको प्रहरी निगरानीमा उपचार भइरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *