काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज देशभरि अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना रहेका छन् ।
त्यस्तै मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका ११८, बाँकेका १०९, दाङका १०८, धादिङका ९८, मकवानपुरका ८५, सिन्धुपाल्चोकका ५६, दार्चुलाका ५३, काभ्रेका ५०, डोटीका ४३, नवलपुरका ४०, कैलालीका ३७, कपिलवस्तुका ३४, तनहुँ र पर्वतका ३२र३२ जना, धनुषाका ३०, गोरखा, बाग्लुङ र सल्यानका २९र२९ जना, दैलेखका २६ र बझाङका २५ जनामा संक्रमण देखिएको छ ।
सिराहाका २२ जना, बर्दियाका २१, नुवाकोट, नवलपरासी र पाल्पाका २०र२० जना, दोलखाका १८, सप्तरी र प्युठानका १७,१७ जना, कालीकोटका १६, इलाम, बारा, रौतहट र स्याङ्जाका १४,१४ जना, पर्साका १३, कञ्चनपुरका १२, सर्लाहीका ११, जुम्लाका १०, गुल्मीका ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीका ६,६ जना, सिन्धुलीका ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुराका ४,४ जना, पाँचथर र हुम्लाका ३,३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीका २,२ तथा खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।