किम जोङ उनले रुँदै जनतासँग मागे माफी


काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना नागरिकहरूको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका छन्।

गत शनिबार भएको वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवको सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। सोही क्रममा उत्तर कोरियाली जनतासँग माफी मागेका थिए।

आँधीबेरीले पुर्‍याएको क्षति र कोरोना भाइरसको महामारी फैलिनबाट रोकेकोमा किमले कार्यक्रममा सहभागी हजारौं सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए।

किम भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ राज्यद्वारा सञ्चालित एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो। टेलिभिजनद्वारा सार्वजनिक भएको भिडिओमा कतिपय दर्शक समेत रोएको देखिन्छ।

सैन्य परेडपछि किमले कोरोनाभाइरसको महामारी सकिएपछि दक्षिण कोरियाले आफूसँग फेरि हात मिलाउने बताएका थिए।

साथैउनले सोही दिन परेडमा नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल, नयाँ मल्टिपल लन्च रकेट सिस्टम, छोटो दूरीको मिसाइल पनि सार्वजनिक गरेका थिए।

किमले उत्तर कोरियाली एक जनामा पनि संक्रमण नदेखिएकोमा आफू कृतज्ञ भएको बताएका थिए। जुन दाबी अमेरिका र दक्षिण कोरियाले शंका गर्दै आएका छन्।

हाम्रा जनताको जीवनमा आइपरेका कठिनाइबाट मुक्त गराउन मेरो प्रयास र इमान्दारिता पर्याप्त भएको छैनु, उनले उक्त कार्यक्रममा सम्बोधन गर्दै भने, यद्यपि हाम्रा जनताले सधैं विश्वास र पूर्ण भरोसा गरेका छन्, जे जस्तो भए पनि मेरो छनोट र संकल्पको समर्थन गरेका छन्।ुआणविक हतियार तथा ब्यालिस्टिक मिसाइलका कारण उत्तर कोरियासँग विभिन्न राष्ट्रले व्यापारमा प्रतिबन्ध लगाएका छन्।

तर अहिले कोरोना भाइरसको महामारी फैलिनबाट जोगाउन उत्तर कोरियाले नै आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेको छ। जसकारण उत्तर कोरियाको अर्थतन्त्रमा थप असर परेको छ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियाका ४० प्रतिशत जनसंख्यालाई खानपिनको अभाव हुने बताएको छ। जसलाई बाढी तथा टाइफुनले अझ बढी प्रभाव पारेको हुनसक्ने राष्ट्रसंघको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *