काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।
काठमाडौँ बाहिरका केही कार्यक्रममा सहभागी भएर शुक्रबार बेलुका काठमाडौँ फर्केका मन्त्री भट्टराईलाई हल्का ज्वरो महसुस भएपछि परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
उनलाई हालसम्म हल्का ज्वरो बाहेक कोरोनाका अन्य लक्षण देखिएका छैनन् । मन्त्री भट्टराईले केही दिन यता आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।