प्रशिक्षार्थी बोकेको विमान दु’र्घटना, २२ जनाको मृ’त्यु


काठमाडौं । युक्रेनमा प्रशिक्षार्थी विद्यार्थी सवार विमान दु’र्घटना हुँदा ठु’लो मानिविय क्ष’ति भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा सै’न्य विमान दु’र्घटना हुँदा २२ जनाको मृ’त्यु भएको छ ।

युक्रेनको पूर्वी शहर खार्किभमा भएको विमान दु’र्घटनामा परि ज्या’न गु’माउनेहरूमा अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् । दु’र्घटनामा दुईजनाको अवस्था ग’म्भीर रहेको बताइएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् । दु’र्घटनापछि विमानमा आ’गो लागेको थियो । विमान दु’र्घटनाको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *