पीसीआरको पीडा


काठमाडौँ । पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३स्३० बजे मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए ।
सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए । अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् ।
एक दिनमा २ सय ८० जनालाई मात्र जाँच गर्दै आएको अस्पतालले अघिल्लो सातादेखि यो संख्या बढाएर ५र६ सय सम्म पुर्‍याएको छ । तैपनि ती सबैको पीसीआर परीक्षण भने हुँदैन, चिकित्सकले सोधपुछ र जाँचका क्रममा ‘आवश्यक पर्ने’ ठानिएका व्यक्तिको मात्र परीक्षण गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *