आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]


काठमाडौं । सुनको मूल्य बिहीबार पनि तोलामा १२ सय रुपैयाँले घटेको छ।
बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय २० रुपैयाँ तोकिएको छ। बुधबार प्रतितोला ११ सय ९० रुपैयाँ थियो भने मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो। सोमबार चाँदीको मूल्य १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *