आइपिएल: हैदराबादलाई लाग्यो ठुलो झड्का


आइपिएल : दुबइमा सुरु भएको इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सनराइजर्स हैदराबादलाई ठुलो झ’ड्का लागेको छ । आइपिएलमा सहभागी टिमहरु मध्ये सबैलाई टक्कर दिनसक्ने टिमका रुपमा हेरिएको हैदराबादले अलराउण्डर मिचेल मार्सलाई गुमाउने भएको छ ।

आइपिएल २०२० को पहिलो खेल खेल्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा घाइते भएका अलराउण्डर मार्सले यो सिजनको बाँकी खेल गु’माउने भएका हुन्। बैंग्लोरविरुद्ध बलिङ गर्ने क्रममा उनको खुट्टामा समस्या देखिएको थियो।

यसअघि २०१७ को आइपिएलमा कुममा समस्या आएपछि राइजिङ पुने सुपरजाइन्टसबाट बाहिरिएका थिए। उनको स्थानमा वेष्ट इन्डिजका अलराउण्डर जासन होल्डरलाई टिममा अनुबन्धन गरिएको हैदराबादले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *