यस्तो अवस्थामा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।

अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताए ।

त्यस्तै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । मन्त्रालयका तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

बुधबार काठमाडौँ उपत्यकामा ६३७ सहित देशभर ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *