आईपीएलः पन्जाबले टस जितेर फिल्डङ् गर्दै, दिल्लीबाट सन्दीप परे, परेनन् ?


काठमाडौँ । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सा’मना गर्दैछ। खेल साँझ ७स्४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ।भर्खर समाप्त भएको टस पंजावले जितेर फिल्डिंग रोजेको छ।

सन्दिप आजको प्लेइंग ११ मा परेनन्

आइपिएलको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नईसंग प’राजित भएको थियो। पन्जाब भने लिग चरणमा छैठौं स्थानमा रहेपछि प्लेअफ पुग्न अ’सफल रहेको थियो।

लिगको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। पन्जाब भने लिग चरणमा छैठौं स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रहेको थियो।

लिग अन्तर्गत गत सिजन दिल्लीले पन्जाबलाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा पराजित भएको थियो। अन्तिम(५ खेलमा दिल्लीलाई पन्जाबले ४ खेलमा पराजित गरेको छ।

कस्तो छ दिल्ली टिम
रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली टिमलाई यो सिजन विश्लेषकहरुले बलियो टिम मानेका छन् र लिग जित्ने दाबेदारको रुपमा प्रस्तुत गरेका छन्। श्रेयस ऐयर कप्तानीको टिममा ब्याटिंगमा ऐयर स्वयम् सहित उदयमान युवा ब्याट्सम्यानहरु पृथ्वी शा र रिशभ पंत तथा अनुभवी शिखर धवनको उपस्थिति छ। शिमरन हेटमायर, मार्कस स्टोइनिश, एलेक्स केरी जस्ता विदेशी ब्याट्सम्यानहरुले ब्याटिंग लाइन अपमा बिकल्पहरु प्रशस्त देखिन्छ। दिल्लीको स्पिन पक्ष सबै भन्दा बलियो छ। भारतीय अफ स्पिनर रभीचन्द्रन आश्विन सहित, लेग स्पिनर अमित मिश्रा र सन्दिप लामिछाने तथा देब्रे हाते स्पिनर अक्षर पटेल सबै स्तरीय स्पिनर हुन्। फास्ट बलिंगमा पनि बिकल्प प्रशस्त छ। इशान्त शर्मा, कागीसो रबाडा, किमो पौल, एनरिक् नोर्किया, ड्यानीयल स्याम्स, मोहित शर्मा, हर्षल पटेल जस्ता बलरहरुले टिम भरिपूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *