आइपीएल आजबाट सुरु उद्धघाटन खेलमा मुम्वई र चेन्नाई बिच प्रतिस्पर्धा हुँदै


काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेह्रौँ संस्करण आजबाट युएइमा सुरु हुँदै छ । कोरोना महामारीले गर्दा भारतमा खेल खेलाउन सम्भव नभएपछि भारत क्रिकेटको सर्वोच्व निकाय वीसीसिआईले युएइमा खेल खेलाउने निर्णय गरेको हो । युएइ स्थित नेपाली समयअनुसार बेलुकी ७। ४५ देखि खेल सुरु हुँदै छ ।

आइपिएलमा सर्वाधिक सफल यी दुई टीम फे्रन्चाइज टोली मुम्वई इन्डियन्स र चेन्नाई सुपर किग्सं बिच प्रतिस्पर्धा हुन लागेको हो । हालसम्म मुम्वई इन्डियन्सले चार पटक उपाधि जितेको छ भने यता चेन्नाईले तीन उपाधि जितेको छ । यी दुई टिमको इतिहास हेर्ने हो भने चेन्नाईमाथि मुम्वई हावी रहेको देखिन्छ । यी दुई टिमले आइपिएलमा २८ पटक आमुन्ने सामुन्ने हुँदा मुम्वईले १७ खेल जितेको छ भने यता चेन्नाईले ११ खेल जितेको छ । जसमा गत सिजनको विजेता मुम्वईले चार पटक उपाधि जित्दा ३ पटक चेन्नाईलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको छ । अघिल्लो सिजनमा खेलिएका मुम्वई र चेन्नाई बिचका चार खेल मुम्वईले सबै चार खेल जितेको थियो । मुम्वई इन्डियन्सको नेतृत्व रोहित शर्माले गर्ने छन् भने चेन्नाईको लागि महेन्द्र सिंह धोनिले नेतृत्व गर्ने छन् । चेन्नाईले मुम्वईलाई पछिल्लो पटक २०१८ मा एक विकेटले पराजित गरेको थियो । आइपिएलमा सर्वाधिक रुचाइएका यी दुई टोलीका केही महत्वपूर्ण खेलाडीहरु यस सिजनमा दुवै टोलीमा उपलब्ध हुने छैनन् ।

आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी लासिथ मालिगां मुम्वईको तर्फबाट उपस्थित हुने छैनन भने चेन्नाईका लागि सुरेश रैना तथा हर बजन सिंह यस सिजन हुने छैनन् । यी खेलाडीहरुले आफ्नो पारिवारिक समस्या देखाउँदै आफ्नो नाम आइपिएलबाट फिर्ता लिएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *