आजदेखि मन्त्रालयले सबै विद्यार्थी र विद्यालयहरुलाई निशुल्क इन्टरनेट दिने, यसरी लिनुहोस


काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

भदौं १९ गते शिक्षामन्त्री गिरिराज मणी पोखरेलले पारित गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख गरिएको छ ।

निर्देशिकामा मन्त्रालयको भूमिकामा लेखिएको छ, ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने पर्नेछ । ’

मन्त्रालयले असोज १ गतेदेखि निर्देशिका कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहका निकाय र सरोकारवालालाई निर्देशन दिइसकेको जनाएको छ । यसर्थ भोलि असोज १ गतेदेखि नै इन्टरनेट बाँड्ने तयारी भइरहेको छ ।

कोरोनाले विद्यालयहरु संचालन गर्ने अवस्था नभएपछि मन्त्रालयले बैकल्पिक पठान पाठनमा जोड दिदै आएको छ । इन्टरनेटको पहुच नभएको र शुल्क महंगो भएकाले सवै विद्यार्थीहरु बैकल्पिक शिक्षणमा सहभागि हुन पाएका छैनन ।

उनीहरुलाई स्थानिय निकाय, पालिका र वडा कार्यालयबाट दर्ता गराएर निशुल्क इन्टरनेट प्रदान गरिनेछ । विद्यार्थी र विद्यालयले आफ्नो स्थानीय निकायसँग सम्पर्क गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *