लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम, सबैले जानिराखौँ ?


काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्। कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ।

सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले तयार पारेको कोभिड(१९ प्रकोपभर लागु हुने सार्वजनिक यातायात सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ, जसमा गर्न हुने तथा नहुने विषयहरू उल्लेखित छन्।

यात्रुले के गर्न हुने, के नहुने ?
सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्ने। अशक्त कमजोरले झनै नगर्ने, अनिवार्यरूपमा मास्क वा कपडाले नाक र मुख छोप्ने, र अरूले नाक र मुख नछोपेको पाएमा निजहरूलाई सतर्क गराउने अन्यथा उक्त सवारी वा स्थानमा नजाने, सवारी साधनभित्र वा सार्वजनिक स्थलमा ९बस टर्मिनल वा बस बिसौनी० रहँदा कुनै पनि किसिमको खानेकुरा नखाने,

चालकरसहचालकको जिम्मा के
निश्चित स्थानमा मात्र यात्रुलाई चढाउने वा ओराल्ने, मास्क, पञ्जा र भाइजर लगाउने, काम सकिनासाथ लगाएका कपडा साबुन पानीले राम्ररी धुने र घाममा सुकाउने,भाडा सङ्कलन गर्दा यात्रुसँग भौतिक दूरी कायम गरि भाडा रकम फिर्ता दिन नपर्ने गरी गर्ने र बाकसमा राख्न यात्रुलाई अनुरोध गर्ने, ग्यारेजमा लगेपछि गाडीलाई निर्मलीकरण ९डिसइन्फेक्सन० गर्ने, गाडीमा एसी नचलाउने।

व्यवसायीले मिलाउन पर्ने व्यवस्था
प्रत्येक खेपपछि निर्मलीकरण गर्ने व्यवस्था मिलाउने, यात्रुले एकपटक प्रयोग गरेपछि सिटको सरसफाइ गराउने, यात्रु(यात्रु बिचको सामाजिक दूरी कायम गर्नका लागि गाडीमा अधिकतम यात्रु सङ्ख्या निर्धारण गर्ने र तोकिएको सिटमा मात्र यात्रुलाई यात्रा गर्न व्यवस्था गर्ने, हरेक खेपका बेलामा कम्तीमा दुईपटक गाडीका कर्मचारीहरूको शरीरको तापक्रम मापन गराउने, यात्रुलाई चढाउँदा दुवै हातमा स्यानीटाइजर लगाइदिने, भाडा भुक्तानीका निम्ति सकेसम्म डिजीटल प्रणाली लागु गराउने तथा प्रत्यक्ष नगद कारोबार कम गर्ने, गाडीभित्र हावाको सहज बहाव कायम गर्नका लागि भेन्टिलेशनको व्यवस्था गर्ने वा सबै झ्यालहरू खुल्ला राख्ने, चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइबोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो किसिमको प्लास्टिक शिटद्वारा छुट्ट्याउने, मध्यम तथा लामो दूरीको यात्रु सूची बनाइ एक प्रति आफुसँग र अर्को प्रति स्थानीय प्रशासनमा अनिवार्य बुझाउने।

कुन नियम कसरी पालना गराउने ?
पालनाको अनुगमन यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नेरगराउने, विश्रामस्थल वा खाना खाने स्थान तोक्ने र अनुगमन गर्ने जिम्मा सबै सम्मिलित अनुगमन समितिले गर्ने, यातायात वा ट्राफिक व्यवस्थापनमा खटिएकाहरूले मास्कको अनिवार्य प्रयोग गर्ने। अति आवश्यक अवस्था बाहेक सवारी साधन भित्र प्रवेश नगर्ने, सवारी चालकलाई निर्देशन दिँदा सकभर ईशारा वा सङ्केतको प्रयोग गर्ने। गाडी वा चालकसँग सम्बन्धित कागजातको चेकजाँच गर्न आवश्यक भएमा नछोईकन निरीक्षण गर्ने, कोभिड(१९ को लक्षण देखिएका यातायात सेवामा कार्यरत सवारी चालक तथा सह(चालकहरूको पीसीआर परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको सरकारी प्रयोगशालाबाट निस्शुल्क गरिने।

गाडीको सिट क्षमताको आधा मात्रै यात्रु राख्न र पहिलेको भाडादरमा ५० प्रतिशत बढाएर लिन पाउने गरी सहमती जुटेपछि लामो दूरीका गाडी चल्ने भएका हुन। त्यसका निम्ति बनाइएका नयाँ नियम र विधि सम्बन्धित सबैलाई बताइसकिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

“यो नियम अरू कसैको निम्ति ल्याइएको होइन। आफ्नै सुरक्षाका लागि ल्याइएको हो। हामी सबै मिलेर लागु गर्ने भनेका छौँ,” कर्माचार्यले भने। यातायात सञ्चालन खुलेपनि भिडभाड नगर्न तथा सावधानी अपनाउन भनिएको छ ।

यात्रुलाई घरमै क्वारन्टीन ?
सबैतिर लामो दूरीका गाडी चलेपनि यात्रा गरेर अर्को जिल्ला पुगेका यात्रुहरू क्वारन्टीनमा बस्नु पर्ने वा नपर्ने भन्ने बारे कुनै निर्णय नभएको बताइएको छ। विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले हालसम्म बाहिर जिल्लाबाट आउनेलाई क्वारन्टीनमा बस्ने प्रबन्ध गरिएको भए पनि लामो दूरीका सावरी साधन सञ्चालन भएपछि त्यो प्रबन्ध गर्न कठिन हुने बताएका छन्। केन्द्रको कुनै निर्णय नआएसम्म घरमै गएर क्वारन्टीनमा बस्न अनुरोध गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *