कोरोनालाई राजनीतिक खेल नबनाइयोस्: डब्ल्यूएचओ


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस लाई राजनीतिक खेल नबनाउन सबैलाई आग्रह गरेको छ । डब्ल्यूएचओका इमर्जेसिजका प्रमुख माइक रयानले सबै मुलुकलाई आफ्ना नागरिकहरुमा सही सन्देश दिन आग्रह गरेका हुन् । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अधिकारीको बीचमा देखिएको विवादले थप समस्या सृजना गर्न सक्ने रयानको भनाइ छ ।

यसअघि ट्रम्पले अबको केही सातामा नै कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने बताएका थिए । साथै ट्रम्पले रेडफिल्ड कोरोना भाइरसको विषयमा भ्रमित भएको हुन सक्ने भन्दै आफ्नो यसअघिको दाबीको बचाउ गरेका छन् । डब्ल्यूएचओका माइक रयानले विज्ञान र सरकारले एकै किसिमको सन्देश मानिसहरुमा फैलाउनु जरुरी रहेको बताएका हुन् । उनले यस विषयमा राम्रोसँगको अध्ययन तथा सही सूचनाको आधारमा मात्र मानिसहरुमा सन्देश पुर्‍याउनु जरुरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *