आईपीएल: युएई पुगेका सन्दिपलाई लाग्यो धक्का


१३ औं संस्करणको आईपीएलमा सहभागी हुन नेपाली स्पिनर सन्दिप लामिछाने सोमबार मध्यरातमा युएई पुगेका छन्। आइतबार पुग्नुपर्ने भएता पनि सन्दिपको फ्लाइट छुटेका कारण उनि ढिला युएई पुगेका हुन्। करेबियन प्रिमियर लिग टि(२० मा सहभागिता जनाएपछि सन्दिप सेप्टेम्बर ११ मा युएई प्रस्थान गरेका थिए।

सन्दिप युएई पुगेपछि उनको टिम दिल्ली क्यापिटल्सले खुसि व्यक्त गर्दै सामाजिक संजालमा “देखो, वोह आ गया” अर्थात् “हेर्नुस्, उनि आइपुगे” भन्दै उनलाई स्वागत गर्दै माया गर्न पनि अनुरोध गरेको छ। “दिलवालो, सन्दिपलाई माया देखाउनुस” सन्दिपको फोटो राख्दै दिल्लीले पोस्ट गरेको छ।

युएई पुगेपछि अब सन्दिप अनिवार्य ६ दिन क्वारेन्टाइनमा बस्नेछन् जुन दौरान उनको २ पटक कोभिड(१९ टेस्ट गरिनेछ। दुवै टेस्टको रिपोर्ट नेगेटिभ आएको खण्डमा सन्दिपले टिमसंग जोडिने मौका पाउनेछन्।

पहिलो खेल गुमाउने
सन्दिप दिल्लीको पहिलो खेल नखेल्ने भने अब पक्का भएको छ। दिल्लीले लिगमा पहिलो खेल किंग्स(११ पन्जाब बिरुद्ध सेप्टेम्बर २० तारिखमा खेल्नेछ। उक्त मतिसम्म सन्दिप क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा उनले पहिलो खेल गुमाउने निश्चित भएको हो। टिमले दोश्रो खेल सेप्टेम्बर २५ मा चेन्नाई सुपर किंग्स बिरुद्ध रहेको छ जुन खेलमा भने सन्दिप उपलब्ध हुनेछन्। त्यसको लागि कोरोना रिपोर्ट भने नेगेटिभ आउनु पर्नेछ।

सन्दिपलाई २०१८ मा दिल्लीले २० लाख भारतीय रुपैयाँ खर्चेर टिममा ३ वर्षको लागि अनुबन्ध गरेको थियो। यो वर्ष अनुबन्ध अवधि सकिएपछि सन्दीप अक्सनको लागि खुला हुनेछन्।

अन्तिम(११ मा मौका पाउलान सन्दिपले रु
श्रेयस ऐयर कप्तानीको दिल्ली टिममा यो पटक विदेशी खेलाडीहरु सन्दिपसंगै, शिमरन हेटमायर, मार्कस स्टोइनिस, किमो पौल, एलेक्स केरी, कागीसो रबाडा, ड्यानियल स्याम्स, एनरिक नोर्किया गरि ८ जना रहेका छन्। लिगमा अन्तिम(११ मा मात्र ४ जना खेलाडीहरु मात्र समाबेश गर्न पाउने नियम रहेको छ। यो अवस्थामा सन्दिपले अन्तिम(११ मा स्थान बनाउन सक्लान या नसक्लान धेरैको प्रतीक्षाको विषय रहेको छ। सन्दिपले आईपीएलको पहिलो सिजन ३ खेलमा मौका पाउदा ५ विकेट तथा दोश्रो सिजन ६ खेलमा मौका पाउदा ८ विकेट लिएका थिए।

दिल्लीमा स्टार भारतीय स्पिनर रभीचन्द्रन आश्विन,अमित मिश्रा, अक्षर पटेलको उपस्थिति रहेको छ। युएईको पिच सुस्त र स्पिनरहरुलाई मद्दत गर्ने हुँदा यो पटक सन्दिपले धेरै खेलमा मौका पाउने सम्भावना रहेको छ। सिपिएल टि(२० मा राम्रो लयमा रहेको तथा भर्खरै प्रतियोगिता खेलेर आएकोले पनि सन्दिपले मौका पाउने सम्भावना प्रवल छ।

सिपिएल टि(२० मा जमैकाको प्रतिनिधित्व गर्ने क्रममा १० खेलमा १२ विकेट लिएका सन्दिपले निरन्तर राम्रो बलिंग गरेका थिए। १ खेल बाहेक सन्दिपले बलिंग गरेको सबै खेलमा विकेट लिएका थिए भने प्रतियोगितामा मात्र ५।१० प्रतिओभर रन खर्चिएका थिए। यस क्रममा सन्दिपले गायना बिरुद्धको खेलमा ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए जुन सन्दिपको विदेशी लिग करियरकै किफायती बलिंग स्पेल हो। सन्दिपको यो लय पक्कै पनि दिल्ली प्रशिक्षक रिकी पोन्टिङले नियालेका छन्।

स्पिन मद्दत गर्ने पिचमा आश्विन अन्तिम(११ मा स्थायी रहनेछन्। लेग स्पिनरको रुपमा टिममा अमित मिश्रा र सन्दिप लामिछाने मात्रै रहेका छन्। गत सिजन दिल्लीले सन्दिप र मिश्रा दुवैलाई अन्तिम(११ मा मौका दिएको थियो। यो पटक पिचले पनि साथ दिने हुँदा अन्तिम(११ मा दिल्लीले आश्विन पछि थप २ जना स्पिनर लिएर खेल्ने सम्भावना प्रवल छ। यो अवस्थामा मिश्रा, सन्दिप र बायाँ हाते स्पिनर अक्षर पटेल मध्ये २ जनाले अन्तिम(११ मा मौका पाउने सम्भवा रहन्छ।

३८ वर्षीय मिश्राको फिटनेस तथा खेल अभ्यासको कमिका कारण सन्दिपको सम्भावना यो पटक बढी रहन्छ। मिश्राले घरेलु क्रिकेटमा पनि गत वर्ष सयद मुस्ताक अलि ट्रफीमा विकेट निकाल्न संघर्ष गरेका थिए। उनले हरियाणाको प्रतिनिधित्व गर्ने क्रममा १२ खेलमा मात्र ६ विकेट लिन सकेका थिए।

दिल्लीमा सन्दिप पछि अर्का लेग स्पिनर अमित मिश्रा रहेका छन्
विदेशी खेलाडीको रुपमा अन्तिम(११ मा अल(राउण्डर मार्कस स्टोइनिश तथा फास्ट बलरद्वय कागीसो रबाडा र किमो पौलले मौका पाउने सम्भावना छ। गत सिजन बिग ब्यासमा सर्वाधिक विकेट लिएका राम्रा डेथ ओभर बलर ड्यानियल स्याम्स पनि अन्तिम(११ को दाबेदार हुन्। सन्दिपले मौका पाउन विदेशी तिब्र गति बलरले कम मौका पाउनु पर्छ र युएईको पिचको स्वभावका कारण त्यसको सम्भावना पनि छ।

सिपिएल टि(२० मा राम्रो लय, युएईको स्पिन मद्दत गर्ने पिच तथा अमित मिश्राको पछिल्लो फर्म र फिटनेसको कारण सन्दिपले यो पटक अन्तिम(११ मा बढी मौका पाउन सक्नेछन्।

दिल्ली टिम स्(श्रेयस ऐयर, पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशान्त शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, रभीचन्द्रन अश्विन, अजिंके रहाने, ड्यानियल स्याम्स , एलेक्स केरी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपान्डे। विकेट नेपाल डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *