कुलमानलाई पुनः नियुक्ति माग गर्दै काठमाडौंमा प्रदर्शन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तको माग गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ ।

मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् ।

त्यस्तै जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिकरुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।

घिसिङको ४ बर्षे कार्यकाल सकिएसँगै नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त गरिएको छ । वरिष्ठताको आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।

प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा अर्थ निर्देशनालयका प्रुमख लेखनाथ कोइराला सबैभन्दा सिनियर उपकार्यकारी निर्देशक हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *