काठमाडौँ । नेपाली जीवन बीमा क्षेत्रमा सर्वाधिक चर्चा हुने अथवा सुनिने शब्द हो ‘एक्चुरी’ । एक्चुरीले मुख्यतया जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्दछन् ।
यसरी, समयमा जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन ९एक्चुरियल भ्यालुएसन० विगतका धेरै वर्षदेखि हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन ।
यो जीवन बीमा कम्पनीको एक्चुरियल भ्यालुएसन रिपोर्ट बीमा समितिले नै अस्वीकृत गर्यो वा पुनः गर्नका लागि आदेश दियो र नयाँ एक्चुरीबाट गराउने भन्यो एवम् नेपाली बीमा क्षेत्रमा एक्चुरी नै भएन ।
यी सबै भनाइहरु नेपाली बीमा जगतमा सुने, पढेकै कुराहरु हुन् । यस श्रृंखलामा म एक्चुरियल भ्यालुएसन भनेको के हो रु र यो कसरी गरिन्छ रु तथा यो कार्य सम्पन्न गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सरल र विस्तृतमा उल्लेख गर्न गइरहेको छु ।
एक्चुरियल भ्यालुएसन अर्थात् बीमकको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकनमा अधिकांश कार्य रिजर्भ र प्रोभिजनसँग सम्बन्धित छ ।
अब लागौं, एक्चुरियल रिजर्भ भनेको के हो भन्नेतर्फ ।
कुनै पनि व्यक्तिको जीवन बीमा गर्दा निश्चित प्रिमियम तिर्नुपर्ने हुन्छ भने कुनै निश्चित बीमांकका लागि व्यक्तिको उमेर र बीमा गरिने वर्षका आधारमा प्रिमियम निर्धारण गरिएको हुन्छ ।
साधारणतयाः शुरुमा निर्धारण गरिएको प्रिमियम उक्त पोलिसीको अन्त्यसम्म नै यथावत रहन्छ । एकातिर शुरुमा निर्धारण गरिएको प्रिमियम, उमेर र बीमा अवधि बढ्दै जाँदा अपुग हुन्छ भने भविष्यमा बीमितलाई केही परिहाल्यो वा भयो भने पनि बीमांक र बोनस रकम पूरै दिनुपर्ने हुन्छ । त्यसैले बीमितको बाँच्ने सम्भाव्यताका आधारमा हरेक वर्ष प्रिमियम ठूलो अंश जम्मा गर्दै वा छुट्याउँदै राख्नुपर्ने हुन्छ । त्यसैलाई नै रिजर्भ भनिन्छ । यो रिजर्भ सबै पोलिसीहरुको राख्नुपर्ने हुन्छ र बीमाको अन्त्यसम्म बीमांक र बोनसको लगभग बराबर हुने गरी नै यसको व्यवस्था गरिएको हुन्छ ।
अब प्रश्न उठ्छ यो ठिक्क चाहिने रिजर्भ कसरी निकाल्ने त रु
बीमाको प्रकृति र बीमा नियामकको निर्देशनअनुसार रिजर्भ निर्धारण गर्ने तरिका फरक पर्न जान्छ । नेपालमा अधिकांश पोलिसीको रिजर्भ निकाल्न प्रयोग हुने तरिका भनेको ग्रस प्रिमियम रिजर्भ हो । यसमा कुनै व्यक्तिको जीवन बीमाको अवधिमा उक्त व्यक्ति मर्ला वा बाँच्ला के होला भन्ने सम्भावनाका आधारमा गरिन्छ । र, त्यसको वर्तमानमा रकम निर्धारण गरिन्छ । जस्तो कि कुनै ३० वर्षको व्यक्तिले १ लाख रुपैयाँ बीमांकको बीमा ५ वर्षका लागि गरेको छ भने यदि उक्त व्यक्ति पहिलो वर्षमै मर्यो भने १ लाख रुपैयाँ नै दिनुपर्ने हुन्छ । त्यसको वर्तमान मूल्य एक लाख रुपैयाँभन्दा कम नै हुन्छ । यदि त्यसमा सम्भाव्यता समेत समावेश गरियो भने त्यो अत्यन्तै न्यून हुन्छ । किनकि कम उमेरमा मर्ने सम्भाव्यता ०।०००३ को लेभलमा हुन्छ । यसले गुणा गर्दा कुल रकम रुपैयाँमा आउँछ । एवम् रितले पहिलो वर्ष बाँचेर दोस्रो वर्ष मर्ने सम्भाव्यता, दुबै वर्ष बाँचेर तेस्रो वर्ष मर्ने सम्भाव्यता र पाँचौ वर्षमा मर्ने र पाँचौ वर्षमा पनि नपर्ने सम्भाव्यता आधारमा वर्तमान रकम निर्धारण गरिन्छ ।
यसै गरी कम्पनीले गरेको व्यवस्थापन खर्चका आधारमा युनिट कस्ट निकालिन्छ । जसमा बीमा लेख जारी गर्दा लाग्ने खर्च, पोलिसी मेन्टेइन गर्दा लाग्ने खर्च र ओभर हेड खर्च पनि वर्तमानमा खर्चको पनि रकम निकालिन्छ । त्यो पनि बीमित बाँच्ने र मर्नेसँग नै सम्बन्धित हुन्छ । किनकि बीमित बाँचिराख्यो भने मात्रै पोलिसीको खर्च मान्न पाइन्छ । त्यस्तै बीमितले ५ वर्षसम्म प्रिमियम तिर्ने कि नतिर्ने वा ल्याप्स हुनेलगायतका अन्य सम्भाव्यताका आधारमा सम्भाव्यतालाई थप समायोजन गरी वर्तमानमा रकम निर्धारण गरिन्छ । कुनै पनि समयमा रिजर्भका लागि माथि उल्लेखिम बीमांकको वर्तमान रकममा खर्चको वर्तमान रकम जोडी प्रिमियमको वर्तमान रकम घटाइन्छ र यो कार्य हरेक पोलिसीलाई दोहोर्याइन्छ । प्रडक्टको पोर्टफोलियो लेभलमा नै रिजर्भ निकालिन्छ ।
यो त सजिलो तथा पहिलो चरणको कार्य भयो । किनभने कम्पनीलाई यति मात्र रिजर्भ राखेर पुग्दैन । त्यसबारे तल उल्लेख गरिनेछ । त्योभन्दा अघि रिजर्भलाई मूख्यरुपमा असर गर्ने केही तत्वबारे चर्चा गरौं ।
खर्च
रिजर्भ निकाल्दा खर्चको भूमिका माथि देखिहाल्यौं । जति बढी खर्च भयो रिजर्भ त्यत्ति नै बढी राख्नुपर्ने हुन्छ । जसले गर्दा कम्पनीको नाफा निस्कन समय लाग्छ । यदि नयाँ पोलिसी जारी गर्दा खर्च बढी भयो भने कहिले नेगेभिट हुन्छ । जसलाई नयाँ व्यवसायको दबाब भनेर बुझ्न सकिन्छ । जस्तो कि १ हजार रुपैयाँको प्रिमियम भयो र पोलिसी इस्यु गर्दा ८०० एक्विजिसन खर्च, २५० बीमा कमिसन र केही प्रतिशत आवश्यक पुँजीलाई छुट्याउँदा प्रिमियम नै अपुग हुन्छ र यसले कम्पनीको पुँजीलाई दबाब दिन्छ । यो कुराको विस्तृत विवरण एक्चुरीले बीमा समितिलाई बुझाउनु पर्ने हुन्छ । त्यसैले खर्च व्यवस्थापन जीवन बीमा कम्पनीको अभिन्न अंग हुन आउँछ ।
मृत्युदर र व्यतित बीमालेख
कुनै व्यक्तिको मृत्युदर र व्यतित बीमालेखले पनि कम्पनीको कुल रिभर्जलाई असर गर्छ । कम्पनीको आधार मानिएको मृत्युदर नेपाली मृत्युदर तालिकाभन्दा बढी भयो भने वा लोड गरियो भने बढी बीमित मर्ने सम्भावना हुन्छ । र, कम्पनीले आधार मानिएको बीमांकको तुलानामा बढी रकम तिर्नुपर्ने हुन्छ । त्यसैले यो तिर्नका लागि बढी रिजर्भ राख्नुपर्छ । यदी ल्याप्स बढी भयो भने कम बीमितहरु बाँकी रहन्छन् र रिजर्भ कम हुन सक्छ । तर यो नेगेटिभ रिजर्भ र बीमाको पोलिसी डिजाइनमा पनि भरपर्न सक्छ ।
पुनर्बीमा
बीमांकको निश्चित प्रतिशत वा निश्चित बीमाको जोखिम धारण गरेर कुनै बीमकले आफ्नो पुनर्बीमा गरेको हुन्छ । यसले जोखिम कम गर्न सहयोग गर्छ । सामान्यतयाः रिजर्भमा केही सहुलियत हुन्छ । र, केही कम रिजर्भ राख्दा पनि हुन्छ । पुनर्बीमाका विभिन्न प्रकार हुन्छन् । कम्पनीले आफ्ना आवश्यकताका आधारमा विभिन्न पुनर्बीमासँग यो सम्झौता गरेका हुन्छन् । जस्तो कि कुनै पोलिसीको बीमांक १० लाख रुपैयाँको छ र कम्पनीले ५ लाख रुपैयाँको जोखिम धारणा गरेको छ भने बाँकी ५ लाख रुपैयाँको जोखिम धाराण गर्न पुनर्बीमा कम्पनीलाई पठाउँछ । त्यसको जोखिम धारणका लागि केही प्रिमियम पुनर्बीमा कम्पनीलाई तिर्छ । कम्पनीको एक्सपेरियन्सका आधारमा निश्चित प्रिमियम कमिसनका रुपमा पुनर्बीमा कम्पनीले फिर्ता दिन्छ भने उक्त व्यक्तिको मृत्यु भएमा आफ्नो भागको ५ लाख रुपैयाँको बीमांक पनि दिन्छ । सहुलियत भन्दैमा रिजर्भ त्यत्ति कम नै पनि हुँदैन । किनभने उक्त व्यक्ति बाँचेको खण्डमा त पूरै पैसा बीमितलाई तिर्नुपर्छ । जुन पुनर्बीमा कम्पनीले दिँदैन । तर टर्म लाइफमा भने केही सहुलियत हुन्छ । त्यसैले त रि–इन्स्योरेन्स जोखिम स्थानान्तरण गर्ने उत्तम औजार हो ।
इन्भेस्टमेन्ट अर्निङ
नेपाल जस्तो मुलुक जहाँ इन्डोमेन्ट लाइफ इन्स्योरेन्स पोलिसी निकै लोकप्रिय छ । त्यसैले यी बचत लक्षित प्रडक्टलाई सबैभन्दा बढी असर गर्ने तत्व लगानीको प्रतिफल हो । यसले बोनस र यसको दीगोपन अथवा समग्र नाफा र त्यसको दीगोपनमा नै निकै ठूलो भूमिका खेलेको हुन्छ । नेपालमा रिजर्भका लागि यो निश्चित छ । जुन ६ प्रतिशत अथवा कम हो । कम्पनीले ६ प्रतिशतभन्दा बढी कमाएको खण्डमा यो रकम सरप्लसमा जान्छ र त्यसले माथि भनेकै बोसन धान्न सहयोग मिल्छ । रिजर्भमा वर्तमान मूल्य निकाल्न यही ६ प्रतिशतको प्रयोग गरिएको हुन्छ ।
माथि उल्लेखित तत्वहरुबाहेक धेरै कुराहरु रिजर्भ निकाल्दा ध्यान दिनुपर्ने अथवा पालना गर्नुपर्ने हुन्छ । केही मार्जिन थपेर रिजर्भ निकाल्नु पर्दछ । किनकि यो वर्ष रिजर्भमा अनुमान गरिएका माथिका तथ्यहरु अर्को वर्ष घटबढ हुन सक्छ । एक्कासी बढ्ने वा घट्ने हुन सक्छन् । जसले रिजर्भमा पनि अचानक फरक पार्न सक्छ । त्यसैले यसलाई स्मुथ गर्नका लागि अथाव केही भैपरी आउने झट्काहरु पनि सामान्यीकरण गर्नका लागि अतिरिक्त लोड गरिन्छ । जसलाई मार्जिन अफ एड्भर्स डेभिएसन भनिन्छ । यसले माथि उल्लेखित रिजर्भलाई बढाउँछ । र, यहाँ उपयुक्त रिजर्भ सिर्जना गर्छ । यसका अलवा मुख्यतयाः निम्न कुराहरुको रिजर्भ राख्नु पर्दछ ।
क० अहिलेसम्म घोषणा भएका बोनसको रिजर्भ
ख० भविष्यमा दिइने वर्तमान बोनसको दर पूर्णरुपमा राख्नुपर्छ । किनकी केही बोनसदर प्राइसिङ गर्दा लोड गरिएको हुन्छ ।
ग० यदि कुनै समयमा केही पोलिसीको रिजर्भ नेगेटिभ भयो भने त्यसले कुल रिजर्भलाई घटाउने र नाफा बढाउने हुँदा नेगेटिभ रिजर्भको ठाउँमा शुन्य राख्नु पर्दछ ।
घ० प्रायः इन्डोमेन्ट पोलिसीहरु सरेन्डर हुने हुँदा पोलिसीहरुको न्यूनतम रिजर्भ सरेन्डर भ्यालु बराबर राख्नुपर्छ ।
ङ० व्यतित पोलिसी र पुनरलेखन जागृत भए पुनः सक्रिय पोलिसीहरुसँग सम्भाव्यताको अध्ययन गरी त्यसका लागि रिजर्भ राख्नुपर्छ ।
च० कुनै पोलिसीमा अप्सन वा ग्यारेन्टी दिइएको भए थप रिजर्भ राख्नुपर्छ ।
छ० यसका अलवा सल्भेन्सी रेसियो हेरी अरु केही थप रिजर्भ राख्न पनि समितिले निर्देशन दिन सक्छ ।
माथि उल्लेखित बुँदाहरुको सम्भाव्यताका आधारमा निश्चित रकमको प्रोभिजन गर्नु पर्दछ । साथै उच्च व्यवस्थापकले उल्लेखित तत्वहरु अथवा विभिन्न प्यारामिटरहरुलाई १० प्रतिशत, २० प्रतिशत थपघट गरी धेरै अवस्थाहरु केलाउनु पर्दछ । र, सम्भावित केसहरुसँग अवगत हुनुपर्छ । यदी त्यो जोखिमको दायरामा पर्दछ भने त्यसलाई निराकरणको बाटो वा एक्चुरीको माध्यमबाट खोज्नुपर्दछ ।
अब यी सबै रिजर्भ तथा प्रोभिजनहरुको जोड कम्पनीको ब्यालेन्ससिटमा उपलब्ध हुने जीवन बीमा कोषबाट घटाउनु पर्दछ । जसबाट सरप्लस निस्कन्छ । यसमा यो वर्षको बोनस घटाएपछि अन्तिम सरप्लस आउँछ । जसलाई ९०ः१० को रेसियोमा बाँडेर पोलिसी होल्डर र सेयर होल्डरलाई छुट्याउनु पर्छ । अब ख्याल गर्नुपर्ने कुरा यो ९० प्रतिशतले यो वर्ष दिइएको बोनस जसलाई अन्तरिम बोनस पनि भनिन्छ । त्यो बराबर वा बढी हुनुपर्छ ।
केही कमी भयो भने सामान्तयाः ठीक हो । अर्को वर्ष बढी हुनसक्छ । तर लगातार बीमा कम भयो भने घोषणा गरिएको बोनस दर घटाउनु पर्ने हुन्छ । बाँकी १० प्रतिशतबाट कम्पनीका कर्मचारीहरुलाई बाँडेर बाँकी सेयरधनिहरुलाई जान्छ । जसले गर्दा सेयर मूल्यमा निकै ठूलो असर पारेको हुन्छ । यसरी हामीले नै देख्छौं रिजर्भले नाफालाई अन्त्यसम्म असर गरिरहेको हुन्छ । कसरी माथि कम राखिएको रिजर्भले नाफालाई असर गरेको हुन्छ र कम्पनीको उच्च व्यवस्थापनले जानाजान रिजर्भमा प्रभाव पारी छोटो समयका लागि सेयर मूल्यमा खेल्न सक्ने अवस्था रहन्छ ।
यो त भयो एक्चुरी भ्यालुएसनको समग्र दृष्टिकोण । यति गर्दैमा एक्चुरी भ्यालुएसनको काम सकिएको हुँदैन । केही पुरक कार्यहरु बाँकी नै हुन्छन् । ती हुन् बोनसको विश्लेषणरबोनस कमाउने क्षमताको विश्लेषण र सरप्लसको विश्लेषण ।
क० बोनसको विश्लेषण
यसमा हामी कम्पनीको बोनस कमाउने क्षमताको विश्लेषण गर्दछौं । हामीले सुनिरहेको कुरा यो कम्पनीको बोनस धेरै छ । यो वर्षमा यति भयो यो सबै कुरा लगानीको प्रतिफल सरप्लसले निर्धारण गर्ने कुरा हुन् । बोनस र यसको एनलाइसिस एकदमै महत्वपूर्ण कार्य हो । किनभने यसले कुनै कम्पनीको बोनस अथवा कम्पनी कै स्थायित्वमा असर गरेको हुन्छ । नयाँ कम्पनीहरुका लागि दुबै काम महत्वपूर्ण हुन्, यो प्रतिष्पर्धा, कम्पनीको अर्निङ, देशको आर्थिक अवस्था र त्यसको भविष्य र प्रिमियमआदिले निर्धारण गर्दछ । किनकी यिनीहरुको सरप्लस कम हुने गर्दछ भने स्थापित कम्पनीहरुले बढाउन वा घटाउनका लागि विश्लेषण गर्नुपर्छ । यसका लागि प्रस्ताव गरिएको वा अहिलेको बोनसदर सबै पोलिसीहरुको सबै ट्रमको अन्त्यसम्मको मूल्यांकन गरेर वर्तमानमा मूल्य निकाल्नु पर्दछ । अथवा जुन अघि माथि हामीले सरप्लसको कुरा गर्र्यौ, जुन अवितरित सरप्लस हो । त्यो कहिलेसम्म सकारात्मक रहन्छ रु यो सरप्लस र बोनसको वर्तमान मूल्यको रेसियो कहिलेसम्म १ भन्दा माथि रहन्छ वा यदी सोल्भेन्सी रेगुलेसन अलि कडा भयो वा सोल्भेन्सी अलिक कम भयो भने सरप्लस र आवश्यक क्यापिटल प्रयोग गर्न सकिन्छ । यी विश्लेषणहरुलाई धेरै ब्याजदरहरुको सिनारियो ९जस्तो कि ५, ६, ७, ८, ९, १०, ११, १२ प्रतिशत० आदिमा परीक्षण गरेर बोनस दिगो बनाउन कम्पनीले प्राप्त गर्नुपर्ने न्यूनतम लगानीको प्रतिफल पत्ता लगाएर सोही अनुसार लगानीको निर्देशिका तयार गर्नु पर्दछ ।
सामान्यतयाः बचत लक्षित प्रडक्टमा ब्याजदरलाई मूख्य सूचक मानेर मूल्यांकन गरिएको हुन्छ । यी सबै कुराहरुको अवस्था बुझेपछि बोनस बढाउने वा त्यत्ति नै राख्ने अथाव घटाउने भन्ने कुरा निर्धारण हुन्छ ।
स्थापित कम्पनीहरुले यदि कम प्रिमियममा पहिलेदेखि नै पोलिसी बेचेको भए फूल स्केलको बोनसको रिजर्भिङ गर्दा सरप्लस एकदमै कम हुन सक्छ । जसले गर्दा आएको सरप्लस यो वर्षको बोनस दिनका लागि नै अपुग हुन सक्छ । अपुग भन्दैमा सामान्यतयाः फूल स्केलको बोनसलाई रिजर्भिङबाट निकाल्न त मिल्दैन तर यसले एकैचोटी नाफा अनि वित्तीय अवस्थालाई बज्रपात नै पार्ने भएकाले रिजर्भिङ बिस्तारै बढाउँदै लैजानुपर्छ । यसका लागि नयाँ जारी पोलिसीहरुलाई फूल स्केलको बोनर रिजर्भमा राख्ने र इन्फोर्स पोलिसीहरुलाई बिस्तारै बोनस बढाउँदै जाने र रिजर्भमा राख्ने गर्नुपर्छ । यदि कुनै कम्पनीले फ्युचर बोनसको पर्याप्त व्यवस्था नगरेको खण्डमा बीमा समितिले यस्तो निर्देशन दिन पनि सक्छ । अथवा भ्यालुएसन इन्ट्रेस्ट रेट ६ प्रतिशतको ठाउँमा अर्निङ रेटमा केही स्प्रेड राखेर भ्यालुएसन गराउन पनि सकिन्छ । यस्ता विश्लेषण र नियन्त्रणले बोनस जबरजस्ती बढाउने एवम् अस्वस्थ अभ्यासलाई रोक्न सहयोग पुग्छ ।
ख० सरप्लसको विश्लेषण
माथि उल्लेखित यो वर्षको सरप्लसलाई लगानीको मार्जिन, खर्चको मार्जिन, मृत्युदरको मार्जिनका रुपमा टुक्राउँछौं । र, यसको मार्जिनको योगफलले त्यो वर्षको सरप्लसलाई सहयोग गर्नुपर्छ । अर्थात् नजिक हुनुपर्छ । जसका लागि यी सबैको हामी वास्तविक र अनुमानित अवस्थाको फरकलाई भ्यालुमा निकाल्छौं । यसका अलावा प्रडक्टमा बीमितहरुको व्यवहारले कसरी असर गर्छ भनेर अध्ययन गर्दछौं ।
लगानीको मार्जिन
यसमा वास्तविक ब्याजदरको कमाइदेखि बीमितहरुलाई औसतमा दिइएको अन्तरिम बोनस घटाइ यो वर्ष फरक ब्याजदरले कमाएको पैसा निकालिन्छ ।
खर्चको मार्जिन
बीमा दर निर्धारण गर्दा कुनै पोलिसीले निश्चित समयसम्म निश्चित रकम प्रत्येक वर्ष खर्च गर्छ भन्ने अनुमान गरिएको हुन्छ । अनि कम्पनीले प्रत्येक वर्ष आफ्नो व्यवस्थापन खर्चलाई माथि भनिए झैं युनिट कस्ट निकाल्छ । जुन एउटा पोलिसी बिक्री गर्दा लाग्ने खर्च जसलाई एक्विजिसन एक्सपेन्स पनि भनिन्छ, मेन्टेन्ट गर्दा लाग्ने खर्च र ओभर हेड खर्चको अध्ययन हो । यसलाई ठूलो र सानो बीमांकको आधारमा पर्सेन्टेज अफ प्रिमियममा लग्दा अरु सुक्ष्म तरिकाले निकालिन्छ । ताकी ठूलो बीमांक बिक्री गर्दा अभिकर्ताको ठूलो लगानी र लागेको समयको खर्च यसमा समावेश होस् ।
अब यो अनुमानित प्रतिपोलिसी खर्च र वास्तविक प्रतिपोलिसी खर्चको फरक हामी सम्पूर्ण पोलिसीमा हेर्छौ । जसको फरकबाट खर्च मार्जिनको रकम निस्कन्छ । यदि यो सकारात्मक आयो भने हाम्रो व्यवस्थापन खर्च ठीक छ । बराबर अथवा नेगेटिभ आयो भने हामी त्यसको कारण र निकारणतर्फ लाग्नु पर्ने हुन्छ । त्यसैले बीमा समितिले व्यवस्थापन खर्चमा कन्ट्रोल गर्न मापदण्ड अपनाउँदै आएको छ । तर पनि अझै सुक्ष्म निगरानी बढाउनु पर्ने हुन्छ । ताकी खर्चको बेञ्चमार्क निर्धारण गर्न सकियोस ।
मृत्युदरको मार्जिन
बीमा दर निर्धारण गर्दा नेपालको मृत्युदर जुन बीमा समितिले प्रकाशित गरेको हुन्छ । त्यसको निश्चित प्रतिशत ९शतप्रतिशत० प्रयोग गरिएको हुन्छ । तर हरेक कम्पनीको आफ्नै एक्सपेरियन्स हुन्छ । जुन बीमा समितिले तोकेको भन्दा कम वा बढी पनि हुन सक्छ । त्यसका लागि कम्पनीले हरेक वर्षको एक्सपेरियन्स अध्ययन गर्दछ । यो भनेको कम्पनीहरुको प्रडक्टको प्रत्येक प्यारामिटरले एक्पेरियन्सले गरेको अवकोलनको निष्कर्ष हो र यो एक प्रकारको रिसर्च हो । जसमा विगतका वर्षदेखि यो वर्षसम्म कति मृत्यु भयो, ल्याप्स र सरेन्डरको अवस्था कस्तो रह्यो जुन बीमा समितिले दिएको दरभन्दा कति कम वा बढी छ भन्ने कुराको विश्लेषण गरिन्छ । यो अध्ययनबाट प्राप्त रिपोर्टलाई निश्चित मार्जिन राखेर भविष्यको प्रक्षेपणका साथै रिजर्भिङ पनि गरिन्छ । जस्तो कि कुनै कम्पनी एक्स वाइ जेडले प्रडक्ट प्राइस गर्दा नेपाली मृत्युदरको शतप्रतिशत एज्युम गर्यो तर एक्स वाइ जेडको एक्सपेरियन्समा भने नेपाली दरको ६० प्रतिशत मात्रै भयो भने ४० प्रतिशत मृत्युदर मार्जिन भयो । र, यसमा सामान्य शुत्र प्रयोग गरी रकम निकालिन्छ । यस्तो अवस्थामा कुनै कम्पनीको अन्डरराइटिङ गाइडलाइन्स राम्रो मानिन्छ । यदी सामान्य अवस्थामा १०० प्रतिशतभन्दा बढी भयो भने सुधार गर्नुपर्छ । किनभने कुनै पनि दैवी प्रकोप वा बाहिरी तत्व बिना मृत्युदर बढ्नु भनेको जस्तोसुकै पोलिसी स्वीकार गर्नु पनि हो । ल्याप्स, पुनजागृती र सरेन्डरको ट्रेन्डको विश्लेषणबाट अभिकर्ताको पर्फमेन्सको सूचक हेर्न सकिन्छ । र, अभिकर्तालाई त्यही अनुरुपको सुविधा वा प्रोत्साहनको ढाँचा तयार पारिन्छ । जसले गर्दा कम पोलिसी ल्याप्स हुने बीमा अभिकर्ताले राम्रो प्रोत्साहन पाउने सम्भावना हुन्छ । र, जुन अभिकर्ताको पोर्टफोलियोमा ल्याप्स बढी हुन्छ कम प्रोत्साहन वा सुविधा पाउन सक्छ ।
अब यी सबैकुरा समावेश गरिसकेपछि बीमा समितिले उपलब्ध गराएको निश्चित ढाँचामा अन्य कुराहरु जस्तै बीमा लेखको संख्या, प्रिमियम र बीमांक, रिजर्भ र तिनीहरुको परिवर्तनको विश्लेषणको रिपोर्ट सहित एक्चुरीले शुद्धताको प्रमाण समेत दिइ बीमा समितिमा स्वीकृतिका लागि पठाइन्छ ।