युनिक नेपाल लघुवित्तले आइपिओ निष्काशन गर्ने


काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । लघुवित्तले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ दरको २ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको लागेको हो ।

लघुवित्तले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *