नेपाली सेनाको जहाज सडकमा गुड्यो


काठमाडौं । शनिबार साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती पनि भयो ।

भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *