जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् ।
सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशयमा स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना ९खरी० चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । आजकै दिन सधवाले कोदो ९मरूवा० रोटी र माछा खाने गर्दछन्, जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी ९कोसा भित्रै फल्ने धान० को खीर वा भात पनि खाने चलन छ ।
नहाय खाय र तेलखरि विधिमा घिरौलाको पातमा नैवेद्य चढाइने गरिन्छ । नैवेद्यमा गहुँको पिठो र गुड ९सक्कर० मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनीजस्ता वस्तुहरू कुलवंश, रीति र परम्पराअनुसार चढाइने गरिन्छ । नैवेद्यमा पान, सुपारी, काँक्रो, केराउ ९अँकुरी० र अक्षता ९चामल० पनि चढाइने गरिन्छ । यसमा चिल र स्यालका भागहरू राखिन्छन् । यसका साथै दिवङ्गता महिला पितृ वर्गका लागि नैवेद्यका भागहरू राखिने चलन छ । सोही तिथिको रातिको अन्तिम पहरमा व्रतार्थी दही, च्यूरा, फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ ।
यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमूतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।
जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।