मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु
धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट