समाचार

‘ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो, देशैभरि प्रतिवाद हुन्छ'

पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका पौडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोलामा बनेको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम थियो । तर संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट

देउवाले प्रधानमन्त्रीलाई टेलिफोन गर्नासाथ पक्राउ परेका कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

काठमाडौं । प्रहरीले पक्राउ गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको हो । तनहुँमा भएको तनावका बिचमा प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वरिष्ठ नेता पौडेल रिहा भएपनि अन्य नेता कार्यकर्तालाई भने

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको पनि मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो ।फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको

सुन्तला लिएर जेलमा आफन्त भेट्न गइन् महिला, गार्डले सुन्तलाको बोक्रा चर्केको देखेपछि

सुन्तला र खानपिनका सामान लिएर एक महिला जेलमा आफन्तलाई भेट्न गएकी थिइन् । राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट ला’गूऔ’षध बरामद भएको छ । आइतबार अजमेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भास्करले लेखेको छ । माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् । मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन्

पौडेल गिरफ्तारीको विरोध गर्दै देउवाले दिए सरकारलाइ चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लेखेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका

कुन बेला शेयर किन्ने र बेच्ने ? यस्ता छन् सुत्र !

काठमाण्डौ । नेपालमा हालका वर्षहरुमा शेयर बजारमा नया लगानीकर्ता हरुको प्रबेस बढिरहेको छ । यो सकारात्मक कुरा हो । तर नया लगानीकर्ताहरु सेयर खरिद र बिक्रि गर्न नजानेर चाडै फस्ने र दोहोराएर बजारमा नआउने जोखिम पनि उत्तिकै बढिरहेको छ । साँचै बजारमा शेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । शेयर कुन बेला किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब शेयर बजार उकालो लागिरहेको हुन्छ

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

एलन मस्क बने संसारको दोस्रो सर्वाधिक धनाढ्य

हप्ताभरीको ठूलो आर्थिक खबरमध्ये एउटा थियो – एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो र यससँगै एलन मस्क संसारको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भए । यो दोस्रो स्थानमा उनी अघि बिल गेटस् थिए । टेक्नोलोजी जगतको खबरसँग सम्बन्धित बीबीसी टेक टेन्ट पोडकास्टको प्रश्न छ कि इलेक्ट्रिक कार बनाउने यो कम्पनीमा लगानीकर्ताले त्यस्तो के देखे जुन एक वर्ष अघि मात्रै पनि देखिएको थिएन । किनभने सन् २०२० को

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

धनगढी । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत