समाचार

प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको  एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने

काठमाडौ ,नेपाल बीमा प्राधिकरणले  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्रचार गरेको हो । प्राधिकरणले पत्रमा  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०/०६/२५ गते बाट IRMIS System मा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने उल्लेख गरेको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि IRMIS System मा दर्ता प्रक्रिया मिति २०८०/०६/२९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक । तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन ? पोषणविद् कामना आचार्य भन्छिन्, ‘मोबाइल

बच्चा जन्माउन गएकी महिलाको धनगढीको केजी हस्पिटलले पाठेघर झिकेपछि……….

धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले *राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो । बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा

बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ

धनगढी :  बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् । ६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि

भारतिय एसएसबीको मनपरि : दार्चुलाबाट तिंकर जान लागेका मेयर सहितका ३ जना लाई बाटोमै रोक्याे

धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो। उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। तर अनुमती किन नदिइएको भन्ने कुरा खुलाइएको छैन। दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको

घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका  कृषि अधिकृतले दिए राजिनामा

धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय

सूर्यज्योति लाईफ  कर्मचारी संघ मदेश प्रदेशकाे प्रादेशीक भेला सम्पन्न

बर्दिवास, सूर्यज्याेति लाईफ  ईन्स्याोरेन्स कर्मचारी संघ मदेश प्रदेशकाे  भेला आज बर्दिवासमा भब्यताका साथ सम्पन्न भएकोछ । कर्मचारी संघ मदेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा संचालित कार्यक्रममा प्रमुख अतीथीमा फीएन राष्ट्रीय समीतीको मधेश प्रदेश प्रमुख श्री सन्तोष कुमार चौधरी रहनु भएकाे थियाे वशिष्ट अतिथि मा सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ तथा नेपाल बीत्तीय संथा कर्मचारी संघको केन्द्रीय उपमहासचीव गीता बस्नेत तथा संघको बरीष्ठ उपाध्यक्ष सुमीत सिन्हा रहाुभएकाे थियाे  । सो कार्यक्रम

महेन्द्र नमुना मा.वि.दार्चुला का १५ जना शिक्षकले किन दिए सामूहिक राजीनामा ?

दार्चुला,दार्चुलाको महेन्द्र नमुना मा.वि. का  १५ जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्  । जिल्लाको महाकालि नगरपालिकाको महेन्द्र नमुना माध्यमिक विद्यालयका १५ जना शिक्षकले सामूहिक राजीनामा दिएका  हुन ।  महाकाली नगरपालीकाले आफैले परीक्षा गराएर नाम निस्केका शिक्षकलाई अध्यापनका लागि राख्ने र नाम ननिस्केका शिक्षक लाई जागिरबाट निकाल्ने योजनामा बनाएपछि  आफूहरूले राजीनामा दिइएको शिक्षकहरुले बताएका छन् । महेन्द्र नमुना विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीका अनुसार विद्यालयमा अभिभावकहरूको सहयोगमा निजी स्रोतमा प्राइमरी